दफा १७
परिवार वा संरक्षकको दायित्व
(१) बालबालिकाको हेरचाह, पालनपोषण र वृत्ति विकासमा बाबु र आमा दुवैको समान दायित्व हुनेछ।
(२) बालबालिकालाई हेरचाह, पालनपोषण र संरक्षण गर्नु, शिक्षा, स्वास्थ्य उपचार लगायत व्यक्तित्व विकासका अवसरहरू उपलब्ध गराउनु, माया ममतापूर्ण वातावरण उपलब्ध गराउनु र सुनिश्चित भविष्यको लागि उचित मार्गदर्शन गर्नु प्रत्येक बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकको दायित्व हुनेछ।
(३) बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकले विद्यालय जाने उमेरका प्रत्येक बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा आर्जनको लागि समुचित वातावरण उपलब्ध गराउनु पर्नेछ।
(४) बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा शारीरिक वा मानसिक विकासमा असर पर्ने गरी श्रम गराउनु हुँदैन।
(५) बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकले छ वर्ष उमेर नपुगेका बालबालिकालाई निवास वा अन्य स्थानमा एक्लै छाड्न वा उमेर पुगेको व्यक्तिको साथमा नलगाई एक्लै अन्यत्र पठाउन हुँदैन।